साबा क्लब च्याम्पियनसिप बास्केटबलमा नेपालको टाइम्स क्लब तेस्रो
sssssss sss

२५ चैत, काठमाडौं । भारतमा भएको साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लब तेस्रो भएको छ ।

भारतको चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको आफ्नो चौथो खेलमा टाइन्सले भुटानको थिम्पु म्याजिक्सलाई ८७-५९ को स्कोरमा सहजै हराएको हो ।

च्याम्पियनसिपमा दोस्रो जितपछि नेपालको टाइम्सले तेस्रो स्थान हात पारेको बास्केटबल फेडेरेसन अफ इन्डियाले जनाएको छ ।

प्रतियोगितामा सुरुमा बंगलादेशबाहेक दक्षिण एसियाका ६ राष्ट्रका च्याम्पियन क्लबले सहभागिता जनाउने भनिएको थियो । तर अन्तिम समयमा पाकिस्तानको टिम नआएपछि पाँच देशका क्लबहरुले मात्र प्रतिस्पर्धा गरेको थियो । त्यसमा नेपालको टाइम्स क्लबले दुई टिमलाई हराउँदै तेस्रो हुन सफल भएको हो ।

यसअघि टाइम्स क्लब पहिलो खेलमा श्रीलंकाको कोलोम्बो बास्केटबल क्लबसँग ७१-६६ ले पराजित भएको थियो भने दोस्रो खेलमा टाइम्सले माल्दिभ्सको रेक्स बास्केटबल क्लबलाई ६७-५९ को स्कोरमा पराजित गरेको थियो । यस्तै तेस्रो खेलमा टाइम्स घरेलु टोली तामिलनाडु बास्केटबल संघसँग ११८-४४ ले पराजित भएको थियो ।

तस्बिर: बास्केटबल फेडेरेसन अफ इन्डिया

श्रोत: online खबर

यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्। कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन् वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।